प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत

काठमाडाैं | फागुन २१, २०८१

प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत

काठमाडौं:   प्रतिनिधि सभाले पाँचवाटा अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारले जारी गरेको ६ मध्ये पाँच अध्यादेश  स्वीकृत भएको हो ।


बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ,आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ स्वीकृति गरेको हो ।


प्रतिनिधि सभ बाट पारित अध्यादेश भोलि बस्ने राष्ट्रिय सभाको बैठकमा निर्णायार्थ  पेश गरिने कार्य  सूची रहेको छ ।


सरकारले ल्याएको अध्यादेशहरु संघीय सदनको अधिवेशन सुरु भएपछि ६० दिन भित्र सघीय स दुबै सदनबाट स्वीकृत गर्नुपर्ने संवैधानिक ब्यवस्था छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्